आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

माकलबारीमा पुस ९ गते राप्ने पूजा र १० गते छेवाङ हुने

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार १९:०९ मा प्रकाशित (२ साल अघि) ५२६ पाठक संख्या

पुष २, काठमाडौं । नेपाल बुद्धिष्ट तामाङ सुधार समितिको आयोजनामा माकलबारीमा पुस ९ गते राप्ने पूजा र १० गते छेवाङ हुने भएको छ ।

समितिले सञ्चालन गर्ने गुम्बा तथा त्रिमुर्तिको राप्ने पुजा (प्राण प्रतिष्ठा), अभिशेक तथा प्रवचन धर्मगुरु खेन रिम्पोछे फुर्वा दोर्जेबाट हुनेछ । कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुनेछ ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ४ माकलबारीमा पुस ९ गते शुक्रबार बिहान ११ बजेबाट राप्ने पुजा तथा लामा नृत्य बाछ्यम हुनेछ भनें १० गते शनिबार बिहान ८ बजेबाट अभिशेक (छेवाङ) प्रवचन तथा सम्मान कार्यक्रम हुने आयोजकले बताएका छन् ।