आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

इङ्गल्याण्डमा एकै दिन ८८ हजार बढी संक्रमित, कोरोना भयावह बन्दै

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार १०:४१ मा प्रकाशित (२ साल अघि) १२१ पाठक संख्या

२ पुस, काठमाडौं । इङ्गल्याण्डमा कोरोना संक्रमण फेरि भयावह बन्दै गएको छ । बिहीबार मात्रै इङ्गल्याण्डमा ८८ हजार ३७६ नयाँ संक्रमित भेटिएका छन् ।

यो त्यहाँ कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितको संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

करिब ६ करोड ७० लाख जनसंख्या भएको इङ्गल्याण्डमा कोभिडबाट अहिलेसम्म एक करोड ११ लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४६ हजार ९३७ जनाको ज्यान गइसकेको छ । हाल १२ लाख ९२ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

इङ्गल्याण्डमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् ।