आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

डब्लूएचओले भन्यो ओमिक्रोन विश्वका ७७ देशमा फैलियो

गोकर्णेश्वर खबर१ पुष २०७८, बिहीबार २०:१७ मा प्रकाशित (२ साल अघि) ४२३ पाठक संख्या

१ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन विश्वका धेरै देशमा पुगिसकेको अनुमान गरेको छ । उसले नयाँ भेरियन्ट ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था रहेको बताएको छ ।

हालसम्म ७७ देशमा भने यसको संक्रमण पुष्टि भइसकेको छ । यसको संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । कोभिडका भेरिएन्टमध्ये यो सबैभन्दा बढी उत्परिवर्तित हो । ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेकोले सतर्क हुनुपर्ने बताएको छ ।

यो नयाँ भेरिएन्टसँग जुध्न कतिपय देशले कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउने कामलाई तीव्रता दिएको जनाएका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले धनि देश र गरिब देशहरु बीचको खोपको असमानताका विषयमा पनि असन्तुष्टि जनाउँदै आएको छ ।