आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

‘हामी छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं’: भारतीय रक्षामन्त्री सिंह

गोकर्णेश्वर खबर२९ मंसिर २०७८, बुधबार १६:४१ मा प्रकाशित (२ साल अघि) १७५ पाठक संख्या

२९ मंसिर, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध टुट्न नदिने बताएका छन् । उनले नेपालसँग भारतको बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् ।

सिंहले बुधबार उत्तराखण्डमा आयोजित एक कार्यक्रममा भनें– ‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ उनले भने,‘तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।’

नेपाल–भारत बीच पछिल्लो समय नयाँ नक्सा र तुइन काण्डका कारण सम्बन्ध चिसिरहेको बेलामा बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गरेका हुन् ।