आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गणनास्थलसम्म यसरी पुर्‍याइयो मतपेटिका (तस्बिरहरु)

गोकर्णेश्वर खबर२८ मंसिर २०७८, मंगलवार २२:४१ मा प्रकाशित (२ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसेको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अहिले मतपेटिकाहरु राष्ट्रिय सभागृहमा राखिएको छ । अबको केही बेरपछि गणना हुने निर्वाचन समितिले जनाउको छ ।

दोस्रो चरणमा भएको मतदानमा ४५६३ मत खसेको छ । पहिलो चरणमा भने ४६८१ मत खसेको थियो ।

पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।
दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ ।