आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

कांग्रेस महाधिवेशन : प्रतिनिधि मतदानका लागि लाइनमा,उम्मेदवार भोट माग्दै (तस्बिरमा)

गोकर्णेश्वर खबर२७ मंसिर २०७८, सोमबार १०:२० मा प्रकाशित (२ साल अघि) १७१ पाठक संख्या

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि केही ढिला हुने देखिएको छ । विभिन्न पदका प्रत्यासी नेताहरु मत माग्न व्यस्त छन् भने मदतानस्थलमा सुरक्षा पनि बढाइएको छ ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

मतदानस्थलमा महाधिवेशन प्रतिनिधि लाइनमा रहेका छन् भने विभिन्न पदमा उम्मेदवार रहेका प्रत्यासीहरु भोट माग्दै हिडिरहेका छन् ।