आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

अर्जेन्टिनी फुटबलर म्याराडोनाको हराएको घडी भारतको असाममा फेला

गोकर्णेश्वर खबर२६ मंसिर २०७८, आईतवार ०९:४० मा प्रकाशित (२ साल अघि) १०७ पाठक संख्या

काठमाडौं । अर्जेन्टिनी फुटबलर डिएगो म्यारोडोनाको दुबईमा हराएको घडी भारतको असाममा फेला परेको छ। करिब १३ हजार २ सय डलर मुल्य बराबरको हबलट घडी दुबईबाट हराएको थियो।

प्रहरीले म्याराडोनाको घडी शनिबार बिहान असमको शिवसागरमा फेला पारेको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३७ वर्षीय वाजिद हुसेनलाई पक्राउ गरेको छ।

घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालैमात्र दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही अगाडि बढाइएको छ,’ शर्माले भनेका छन् ।
घडी हराएपछि दुबई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान अघि बढाएको थियो।

आरोपित व्यक्ति म्याराडोना जीवित हुँदा दुबई भ्रमणका क्रममा आउने गरेको एक परिसरमा सुरक्षा गार्डको रुपमा काम गर्थे। उनीमाथि म्याराडोनाका अन्य विभिन्न सामानहरू भएको तिजोरीसमेत चोरी गरेको आरोप छ।

कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए। उनी बसेको घरबाट घडी पनि भेटिएको थियो।

असम पुलिसका महानिर्देशक भास्कर ज्योति महन्तले विश्वविख्यात व्यक्तिको बहुमूल्य घडी फेला पार्ने विषयमा दुबई प्रहरीसँगको सहकार्यले अपराधीलाई नियन्त्रणमा लिएको बताएका छन्।

उनले अन्तर्राष्ट्रिय सहयोगका लागि असम पुलिसले सकेको सहयोग गरेको बताएका छन्।

पक्राउ परेका व्यक्तिलाई असम प्रहरीले दुबई प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ। उनीसँग संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।