आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

प्लस टु लेभलको के.आई.ई.सी. कप फुटसल प्रतियोगितामा न्यू मिलेनियम कलेज प्रथम

गोकर्णेश्वर खबर१८ मंसिर २०७८, शनिबार २०:५७ मा प्रकाशित (२ साल अघि) २६० पाठक संख्या

काठमाडौं । काठमाडौं इन्फोसिस प्लस टु लेभल केआईईसी कप फुटसल प्रतियोगिता न्यू मिलेनियम कलेज प्रथम भएको छ ।

विजेता न्यू मिलेनियम कलेजले जया मल्टिपल कलेजलाई १ को विरूद्ध ४ गोलले प्रथम भई रु ७० हजार नगद पुरस्कार जितेको छ भनें जया मल्टिपल कलेज उपविजेता भई ३५ हजार नगद प्राप्त गरेको छ ।

यसैगरी रिम्स कलेजले पिनाकल कलेजलाई १ को विरुद्ध २ गोल गरी तेश्रो स्थान हासिल गर्दै २५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा २४ वटा प्लस टु कलेजले सहभागिता जनाएका थिए ।

प्रतियोगिता १७ मंसिरबाट शुरु भएको थियो भनें प्रतियोगिताका अफिसियल रेफ्रि फुर्वा तामाङ र अमर तामाङ रहेका छन् । शनिबार पुरस्कार वितरण कार्यक्रममा विभिन्न कलेजका प्रधानाध्यापक, समाजसेवी लगायत आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राईको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा स्वयंसेवक व्यवस्थापन आत्तरखेल युवा समाजले गरेको थियो । नेपाल मेडिकल कलेज नजिकै रम्बल फुटसलमा प्रतियोगिता भएको थियो । प्रतियोगिताको आयोजना सगरमाथा मल्टिपल कलेज डिल्लिबजारले गरेको थियो ।