आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गायिका इन्दिरा जोशीले गरिन् इन्गेजमेन्ट

गोकर्णेश्वर खबर८ आश्विन २०७८, शुक्रबार ०९:१५ मा प्रकाशित (२ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका हुन् ।

इन्दिरा र शरदले औँठी साटेको भिडियो टिकटकमा छ्यापछ्याप्ती छ । उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । इन्दिरा र शरद हेलिकप्टरबाट खुम्बु क्षेत्र पुगेका थिए ।