आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेपाली सेनाले विभिन्न २४ पदमा ४६४ जनाका लागि दरखास्त आव्हान

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ०९:५८ मा प्रकाशित (२ साल अघि) २४१ पाठक संख्या

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । सैनिक उपचारिका, अम मेडिकल, भेहिकल मेकानिक्स, आरमोरर मोकानिक्स, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो ।

सेनाले २२ जना पूजारीसमेत माग गरेको छ । भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ ।

नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।