आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शिक्षक सेवा आयोगले १३०९३ प्रावि शिक्षकका लागि खुलायो विज्ञापन

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार ०८:१४ मा प्रकाशित (२ साल अघि) ५०३ पाठक संख्या

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खुलाइसकेको छ ।

हेर्नुहोस् प्राविको विज्ञापन