आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

राजीनामा दिने संकेत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले भने- आई एम आउट!

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार २०:२६ मा प्रकाशित (२ साल अघि) ९८ पाठक संख्या

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को छानबिन समितिले आफैंलाई दोषी देखाउने गरी प्रतिवेदन सार्वजनिक गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन्।

परिषद्को छानबिन समितिले एन्फासँगको सम्झौता अनुसारका काम मात्रै गर्नुपर्ने भनेर बुधबार मात्रै उनलाई सचेत गराउँदै प्रतिवेदन सार्वजनिक गरेको छ।

एन्फा र नेपाली फुटबलमा विवाद बढ्न सक्ने गतिविधि नगर्न भन्दै छानबिन समितिले सचेत गराउन सिफारिस गरे छ।

राखेपको छानबिन समितिले आफैंलाई दोषी देखाउँदै प्रतिवेदन सार्वजनिक गरेपछि अल्मुताइरीले राजीनामा दिने संकेत सामाजिक सञ्जालमार्फत गरेका छन्।

आई एम आउट, लेट पोलिटिक्स वर्क्स, उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार साँझ लेखेका छन्।

यसअघि साउन दोस्रो साता अलमुताइरीले यसैगरी राजीनामाको घोषणा गरेका थिए।

उनले उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण राजीनामा दिन बाध्य भएको घोषणा गरेको समाजिक सञ्जालमा पोस्ट गरेका थिए।

तर उपाध्यक्ष नेम्वाङले आफूमाथि आक्षेप लगाउने षडयन्त्र भएको प्रतिक्रिया दिएका थिए। त्यसपछि यही विवादमा छानबिन समिति बनाइएको थियो।