आज: २९ बैशाख २०८१, शनिबार | Sat, 11, May, 2024

फेरि बढ्यो ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

गोकर्णेश्वर खबर७ भाद्र २०७८, सोमबार २१:५६ मा प्रकाशित (२ साल अघि) २०९ पाठक संख्या

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो। खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाइएको छ।

यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

यसैगरी अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलर बढेको निगमले जनाएको छ।

बढेको मूल्यपछि अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेल ११३ रुपैयाँ, हवाइ इन्धन ८६ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिलिसिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ७७० प्रति किलोलिटर पुगेको निगमले जनाएको छ।