आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

गुडिरहेका बस, ट्रक र कारमा पहिरो खास्दा १० जनाको मृत्यु, ६० यात्रु अझै बेपत्ता

गोकर्णेश्वर खबर२७ श्रावण २०७८, बुधबार २०:३१ मा प्रकाशित (२ साल अघि) ३५८ पाठक संख्या

काठमाडौं । भारतको हिमाचल प्रदेशको किन्नौर भन्ने स्थानस्थित सडकमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमा बुधबार दिउँसो माथिबाट चट्टानी पहिरो खस्दा १० जनाको मृत्यु भएको छ। अझै ६० जना पहिरोमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अहिलेसम्म १० जनाको उद्धार गरिएको छ।

सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज दिउँसो गुडिरहेका ती गाडीमा अचानक पहिरो खसेको हो।