आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

३३ वर्षीया गायिका रिहाना अर्बपतिको सूचीमा

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार १८:२२ मा प्रकाशित (२ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं । अमेरिकी गायिका तथा व्यापारी रिहाना अर्बपतिको सूचीमा पर्न सफल भएकी छिन्।

फोर्ब्सका अनुसार उनको फेन्टी ब्युटी कस्पेटिक कम्पनी र भित्री वस्त्र बेच्ने स्याभेज एक्स फेन्टीको मूल्य बढेसँगै रिहानाको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ।

त्यसबाहेक उनले संगीत र अभिनयबाट अन्य पैसा कमाएकी हुन्।

रिहानाको नाम रोबयिन फेन्टी हो र उनले सन् २०१७ मा फेन्टी ब्युटीसँगै सहकार्यमा खाद्यान्न कम्पनी एलभीएमएच पनि संचालन गरेकी थिइन्।

३३ वर्षकी रिहाना व्यापारभन्दा पनि बढी संगीतबाटै बढी चिनिन्छिन्।