आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काँग्रेस तरुण विभागको बागमती प्रदेश सदस्यमा थापा मनोनयन

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार १२:२४ मा प्रकाशित (२ साल अघि) ४२१ पाठक संख्या

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय तरुण विभागले बागमती प्रदेश सदस्यमा सुजन थापालाई मनोनयन गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य , पुर्बमन्त्री एव्म तरुण विभाग प्रमुख शंकर भण्डारीले थापालाई प्रदेश सदस्यमा मनोनयन गरेको पत्र हस्तान्तरण गरेका हुन ।

प्रमुख भण्डारीले केन्द्रिय तरुण विभाग साथै समग्र लोकतन्त्र प्रति आस्था राख्ने यूवा तरुणहरुलाई समन्वय गरी गतिशिल बनाउन थापाको भूमिका महत्वपर्ण हुने विश्वास व्यक्त गरे । उनले पार्टीको विचारधार र आस्थालाई अझ यूवा पक्तिमाझ शशक्त रुपमा लैजानु पर्नेमा जोड दिए ।

यूवा नेता थापाले पार्टीले दिएको जिम्मेवारी बहन गर्दै संगठनलाई गतिशिल बनाउन निष्ठापुर्बक लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले केन्द्रिय तरुण विभागको निर्णय अनुसार आफूलाई बागमती प्रदेश सदस्यमा मनोनयन गर्ने विभाग प्रमुख भण्डारीसहित सिंगो विभागप्रति आभार प्रकट गरे ।