आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रतिनिधि सभा विघटन विरुद्ध गोकर्णेश्वरमा प्रदर्शन

गोकर्णेश्वर खबर१७ जेष्ठ २०७८, सोमबार ०६:२८ मा प्रकाशित (२ साल अघि) २६६ पाठक संख्या

तस्बिर: सरोज बस्नेत

काठमाडौँ, जेठ १६ , प्रतिनिधि सभा विघटनको बिरुद्द मसाल जुलुस सहित गोकर्णेश्वर नगरपालिका वडा नं ४  भैरबचौर चोकमा जेठ १४ गते  विरोध प्रदर्शन गरिएको छ।

नेपाली कांग्रेस गोकर्णेश्वर ४ को आयोजनामा भएको उक्त प्रदर्शनको नेतृत्व नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ३ का कोषाध्यक्ष किरण केसीले गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन र मध्यावधि चुनावको घोषणा असंवैधानिक कदम भएको भन्दै बिरोध प्रदर्शन गरिएको कोषाध्यक्ष केसीले बताए।

प्रदर्शनमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला समेत जलाएका थिए  ।