आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

गोकर्णेश्वर खबर१५ जेष्ठ २०७८, शनिबार ०८:०२ मा प्रकाशित (२ साल अघि) ५९८ पाठक संख्या

काठमाडौं जेठ १५  । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १४ गते सम्ममा १०८० जना पुरुष र ९४२ जना महिला गरि कुल  २ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा  १३ सय ८९ जना निको भएको भने कोरोनाले गुमाउनेको संख्या ३६ जना पुगेको नगरपालिका स्वास्थ्य शाखाले  जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३७ जना पुरुष र २८  जना महिला गरि कुल ६५ जना

वडा नं २ मा ४८ जना पुरुष र ३९ जना महिला गरि कुल ८७ जना

वडा नं ३ मा ५४ जना पुरुष र ३९ जना महिला गरि कुल ९३  जना

वडा नं ४ मा १५९ जना पुरुष र १४५ जना महिला गरि कुल ३०४ जना

वडा  नं ५ मा १९७ जना पुरुष र १४९ जना महिला गरि ३४६ जना

वडा नं ६ मा २५० जना पुरुष र २१३ जना महिला गरि ४६३ जना

वडा नं ७ मा ७५ जना पुरुष र ७७  जना महिला गरि कुल १५२ जना

वडा नं  ८ मा २०८ जना पुरुष र १९६ जना महिला गरि कुल ४०४ जना

वडा नं ९ मा ५२  जना पुरुष र ५६ जना महिला गरि कुल  १०८ जना संक्रमित   रहेको जनाएको छ।