आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सनी लियोनीको छिमेकी बन्न पुगे अमिताभ बच्चन

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १९:११ मा प्रकाशित (२ साल अघि) ४२४ पाठक संख्या

मुम्बई– मनोरञ्जन जगतका कलाकारहरुले प्रायः नयाँ घर या सम्पत्ति खरिद गरेको समाचार आइरहन्छन् । केही दिनअघि मात्र अभिनेत्री सनी लियोनीले पनि घर किनेको समाचार सार्वजनिक भएको थियो ।

अमर उजालाका अनुसार अभिनेता अमिताभ बच्चन अब सनीको छिमेकी बनेका छन् । अमिताभले मुम्बईमा ३१ करोड रुपैंयाँको एक डुप्लेक्स किनेका हुन् । उनले ५ हजार १ सय ८४ वर्गफूटको यो घर डुप्लेक्स क्रिस्टल ग्रुपको अटलान्टिस प्रोजेक्टमा किनेका हुन् ।

क्रिस्टल ग्रुप टीयर–२ तहको बिल्डर हो । अमिताभले डिसेम्बर २०२० मा यो घर किनेका थिए । तर यो दर्ता अप्रिल २०२१ मा गराए । अमिताभले ६२ लाख रुपैंयाँको स्टाफ शुल्क पनि दिएका छन् ।

महाराष्ट्र सरकारले कोभिड संक्रमणका कारण जनाउदै स्टाफ शुल्कमा छुट दिएका थिए । यसको फाइदा अमिताभले लिएका हुन् ।

अमिताभको नयाँघरमा ६ कार पार्क गर्ने सुविधा छ । २८ तलाको यो घरमा डुप्लेक्स फ्ल्याट २७ औं तलामा छ ।

सनीले मार्च २८ मा १६ करोड रुपैंयाँमा एक फ्ल्याट किनेकी थिइन् । उनको फ्ल्याट अँधेरी वेस्टको अटलान्टिस नामको बिल्डिङमा १२ औं तलामा छ । उनको फ्ल्याटबाट अमिताभको घर नजिकै पर्दछ ।