आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौँमा थपिए २३ सय बढी संक्रमित

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १८:१९ मा प्रकाशित (२ साल अघि) २५५ पाठक संख्या

काठमाडौँ उपत्यकामा एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा मात्र १७ सय ९६ संक्रमित फेला परेका छन् । त्यस्तै, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन् ।

यता, नेपालमा लगातार तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेनविधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।