आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

अक्सिजन नपाएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ८ जना कोरोना संक्रमितकोे मृत्यु

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १४:०३ मा प्रकाशित (२ साल अघि) ३३१ पाठक संख्या

पोखरा — पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा बिहीबार राति ८ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत छिन् ।

अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालका अनुसार भर्ना भएका कोरोना संक्रमितकोे मृत्यु भएको हो ।

‘हाई फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था थियो । हिजो उद्योगबाट असिक्जन आउन आधा घण्टा ढिला भयो, त्यसैले हाई फ्लोमा असिक्जन दिन सकिएन । प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिनेमा त्यो उपलब्ध नभएकाले ८ जनाको दुःखद निधन हुन पुग्यो,’ डा. बरालले भने ।

मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । मृत्यु हुनेमा एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगी भएको बरालले बताए ।

अस्पतालमा पोखरा अक्सिजन ग्यास प्रालिबाट आपूर्ति हुँदै आएको थियो । बिहीबार दिउँसो करिब ३० मिनेट विद्युत् आपूर्ति बन्द भएपछि झन्डै ४५ मिनेट उत्पादन बन्द भएको उद्योगले जनाएको छ ।