आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वरमा कोरोना संक्रमितको संख्या १९५० पुग्यो

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १०:०६ मा प्रकाशित (२ साल अघि) ३२२ पाठक संख्या

काठमाडौं जेठ १४  । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १३  गते सम्ममा १०४२ जना पुरुष र ९०८  जना महिला गरि कुल १९ सय  ५० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३५  जना पुरुष र २७ जना महिला गरि कुल ६२ जना

वडा नं २ मा ३८ जना पुरुष र ३६ जना महिला गरि कुल ७४ जना

वडा नं ३ मा ५३ जना पुरुष र ३६ जना महिला गरि कुल ८९ जना

वडा नं ४ मा १५८ जना पुरुष र १४२ जना महिला गरि कुल ३०० जना

वडा  नं ५ मा १९० जना पुरुष र १४६ जना महिला गरि ३३६ जना

वडा नं ६ मा २४४ जना पुरुष र २०८ जना महिला गरि ४५२ जना

वडा नं ७ मा ७३ जना पुरुष र ७४ जना महिला गरि कुल १४७  जना

वडा नं  ८ मा २००  जना पुरुष र १८६ जना महिला गरि कुल ३८६ जना

वडा नं ९ मा ५१ जना पुरुष र ५३ जना महिला गरि कुल  १०४ जना संक्रमित   रहेको जनाएको छ।