आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता थपिने

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार १२:०५ मा प्रकाशित (२ साल अघि) १०५२ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।

दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो ।

भाइरसको संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एकसाता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार अब काठमाडौं उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ । विषेशगरी तरकारी पसलहरुमा बिहानको समय एकदमै बढी भिडभाड हुन थालेकाले त्यसलाई कसरी व्यवस्थित गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ । त्यसअगावै प्रशासनले थप एक साताको निषेधाज्ञा जारी गर्दैछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।

सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाइै कडाइसाथ थप्ने सिडिओ अधिकारीले जानकारी दिए ।