आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौँ आइपुग्यो

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १५:३९ मा प्रकाशित (२ साल अघि) ४३९ पाठक संख्या

काठमाडौँ– चीनको सिचुवान प्रान्तले नेपाललाई २०० थान अक्सिजन जेनेरेटर प्रदान गरेको छ ।

सिचुवान प्रान्तले उपलब्ध गराएको अक्सिजन सिलिन्डर र जेनेरटरलगायतका स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुगेको छ ।

चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौँ आइपुगेको हो ।

चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।