आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अभिनेत्री मलाइकाले लगाएको हिराको औठीको चर्चा !

गोकर्णेश्वर खबर३ बैशाख २०७८, शुक्रबार २१:२५ मा प्रकाशित (३ साल अघि) ५४६ पाठक संख्या

मुम्बई – बलिउड अभिनेत्री मलाइका अरोडा फिल्म उद्योगकी ती अभिनेत्रीमा पर्छिन्, जो आफ्नो फिटनेसलाई निकै ध्यान दिन्छिन् ।

उनी आफ्नो दैनिक समय तालिका जति व्यस्तपूर्ण भए पनि आफूलाई फिट बनाउन समय निकाल्छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । समयमा समयमा भिडियो तथा तस्वीर पोस्ट गर्नाले पनि मलाइकालाई सामाजिक सञ्जालमा निकै चासोका साथ हेर्ने गरिएको छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार मलाइका यसपटक पुनः चर्चामा आएकी छन् । उनले हालैमात्र हातमा लगाएको हिराको औठीको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि त्यो औठी लगाउनुको रहस्यबारे खोजीनीति सुरु भएको छ ।

उनको औठी हेरेपछि धेरैले कतै उनले अर्जुन कपूरसँग इन्गेजमेन्ट त गरेको होइन भन्ने अनुमान पनि गरिएको छ । त्यहीकारण कैयौं फ्यानले उनलाई बधाई पनि दिएका छन् ।

इन्स्टाग्राममा उनले दुई तस्वीर पोस्ट गरेकी छन् । जसमध्ये एउटा तस्वीरमा उनी र अर्को तस्वीरमा उनको हातको हिराको औठी छ ।

सामाजिक सञ्जालमा कतिपयले अभिनेता अर्जुन कपुरसँग नाम जोड्दै बधाई दिन थालेका छन् । अर्जुनसँग मलाइकाको इन्गेजमेन्ट भएको हुनसक्ने भन्दै उज्जवल भविष्यको कामना गरेका छन् ।