आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

कबड्डी ४ का लागी नायिका मिरुना र गौमाया फाइनल

गोकर्णेश्वर खबर२४ चैत्र २०७७, मंगलवार २२:२२ मा प्रकाशित (३ साल अघि) १०७३ पाठक संख्या

काठमाडौं – चलचित्र ‘कबड्डी ४’का लागि दुई नायिका फाइनल भएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्रका लागि नायिकाद्धय मिरुना मगर र गौमाया यात्री फाइनल भएको पुष्टी गरेका छन् । रामबाबुले भने–‘मिरुना र गौमायालाई नायिकाको रुपमा फाइनल गरेका छौं । ६ महिनादेखि उहाँहरुसँग कुरा भैरहेको थियो । अहिले उहाँहरु नेपाल आएर वर्कशपमा हुनुहुन्छ ।’

नायिका मिरुना मगरले केही नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । तर, गौमायाले भने चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् । उनले, आफ्नो भ्लगिङमार्फत नेपाली संकृती, भाषाको प्रवद्र्धन गर्दै आएकी छिन् ।

यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।
यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने योजनामा रामबाबु छन् ।