आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७७, शुक्रबार २२:३७ मा प्रकाशित (३ साल अघि) २६२ पाठक संख्या

चितवन- पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ ।
फागुन २३ देखि २९ गतेसम्म दिउँसो साढे चार घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।
सडकखण्डमा बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिए । उनले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताए ।
यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिए । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ ।
यो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले सर्वसाधारणलाई आग्रह गरेको छ ।