आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

कोमल वलीले पिडुँला देखाएपछि केपीले सांसद बनाए : रघुजी पन्त

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २०:३७ मा प्रकाशित (३ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले ओली समूहकी केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य कोमल वलीमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले एक कार्यक्रममा भाषण गर्ने क्रममा गम्भीर भएर महिलाको चरित्रमाथि नै प्रश्न गरेका छन् ।

नेता पन्तले भाषण गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले केही महिला लागेको भन्दै उनले वलीले साडी सारेर पिडुँला देखाएपछि केन्द्रिय सदस्य पाएको टिप्पणी गरेका छन् ।

कोमल वलीले साडी सारेर पिडुँला देखाएपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको रघुजी पन्तले बताएका छन् ।