आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गायिका अन्जु पन्तले गरिन् थीर कोइरालासँग विवाह

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७७, बुधबार २१:३३ मा प्रकाशित (३ साल अघि) ३०१ पाठक संख्या

काठमाडौं – गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन्। उनले इलामका थीर कोइरालासँग बुधबार विवाह गरेकी हुन्।

बुधबार दिउँसो पाटन चर्चमा वैवाहिक कार्यक्रम सम्पन्न भएको थीर कोइरालाले जानकारी दिए।

उनले भने, तीन वर्षभन्दा लामो निकटता थियो। पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं। अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं।

उनले आज दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम सम्पन्न भएको जानकारी दिए।

गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, धेरै माया।

एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।