आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

चन्द्रपुरमाथी आर्मीको ६–१ को शानदार जित,रश्मीको ह्याट्रिक

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:२८ मा प्रकाशित (३ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं – जारी महिला राष्ट्रिय लिगमा रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा आठौं जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो । एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् ।

जितसँगै आर्मीले १० खेलमा २५ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ ।