आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

१८ वर्षीया चर्चित टिकटक स्टारले गरिन् आत्महत्या

गोकर्णेश्वर खबर२ फाल्गुन २०७७, आईतवार २१:०५ मा प्रकाशित (३ साल अघि) ८६४ पाठक संख्या

एजेन्सी – चर्चित १८ वर्षीया अमेरिकन टिकटक स्टार डेझरिया क्विन्ट नोएसले आत्महत्या गरेकी छन् । टिकटकमा निकै लोकप्रिय उनले सोमवार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनले आत्महत्या गर्नुपूर्व एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई उनले अन्तिम पोष्ट भन्दै क्याप्सनमा लेखेकी थिइन् ‘ओके मलाई थाहा छ सबैलाई इरिटेड गरिराछु । यो मेरो अन्तिम पोष्ट हो ।’

डेझरियाको मृत्युको खबर उनको परिवारका सदस्यले पुष्टि गरेका छन् । डेझरियाका बाबाले लेखेका छन् लेखेका छन्–‘८ फेब्रुअरीका दिन मेरी छोरी डेझरियाले हामीलाई छाडेर गइन् । उनी मेरी साथी थिइन् र म आफ्नी छोरीको अन्त्येष्टि गर्न कुनै पनि तरिकाले तयार थिइन । उनी निकै खुशी थिइन् । जब म घर आउँथे, उनी मलाई सडकमै देखेर खुशी हुन्छिन् । उनले आफ्नो तनाव तथा आत्महत्याको विचारका बारेमा मलाई बताउन भन्ने मेरो चाहना थियो । हामी यो विषयमा काम गर्न सक्ने थियौं । अब म घर आएको छु, मेरो प्रतिक्षा गर्ने कोही छैन । तिमीलाई माया गर्ने बुवा ।’

डेझरिया सामाजिक सञ्जालमा निकै नै लोकप्रिय थिइन् । टिकटकमा पनि उनको राम्रो फ्यान फलोइङ थियो ।