आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गायिका देवी ओलीको जीवन बाबियोको डोरी जस्तै भएपछि..

गोकर्णेश्वर खबर२९ माघ २०७७, बिहीबार २३:३८ मा प्रकाशित (३ साल अघि) ६७३ पाठक संख्या

काठमाडौँ – नवगायिका देवी ओलीको स्वरमा रहेको गीत ‘बाबियोको डोरी’ सार्वजनिक भएको छ ।

गीतमा रामकुमार फूँयाल को शब्द, विकाश चौधरीको संगीत,संजय हमालको एरेन्ज, शुवास कुथुमी राईको रेकर्डिङ रहेको छ ।

उक्त गीतको भिडियो सम्पादन दायाराम धिमिरेले गरेका छन् । रोमान्टीक रुपमा रहेको गीतले माया प्रेमलाई झल्काएको छ। गीतको सारले आफुलाई माया गर्ने प्रेमीले सधै माया गरोस अलविदा नभनोस् भन्ने चाहँ प्रकट गरिएको छ । मानिसको जीवन बाबियोको डोरी जस्तै घुमेको हुने पनि देखाउन खोजिएको छ । जीवनमा एक अर्काको माया र छायाँमा रहनु पर्ने भाव प्रकट गरिएको छ ।