आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

२६ वर्षीय नायिका जङ्गको निधन

गोकर्णेश्वर खबर१३ माघ २०७७, मंगलवार २१:०५ मा प्रकाशित (३ साल अघि) ३२५ पाठक संख्या

एजेन्सी – चर्चित मोडल तथा दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ । हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको निधनको खबर पुष्टि गरेको छ । सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।

एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नायिका सोङ्ग यू जङ्गले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छिन् । उनको परिवारको इच्छा अनुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’

सोङ्गले सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट टिभीमा अभिनयको डेब्यू गरेकी थिइन् । यो सिरिजमा उनले किम चुन वानको नामकी एक टिनएजरको भूमिका निभाएकी थिइन् । त्यसपछि उनले सन् २०१४ मा ‘मेक योर विश’ र सन् २०१७ मा ‘स्कूल २०१७’ नामको टिभी सिरिजमा पनि काम गरेकी थिइन् । टिभीमा आउनु अघि सोङ्गले थुप्रै विज्ञापनमा पनि काम गरेकी थिइन् । पछि उनले दुईवटा म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन् ।