आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार ०६:४५ मा प्रकाशित (३ साल अघि) ४८६ पाठक संख्या

एजेन्सी । प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा विजयी हुँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको छ । लिड्स यूनाइटेडलाई तीन एक गोल अन्तरले हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

९ महिनापछि खेलेको खेलमा चेल्सीका लागि जिरौड, जौमा र पुलिसिकले एक एक गोल तथा लिड्सका बामफोर्डले १ गोल गरे ।

खेलको चौथो मिनेटमै लिड्का बामफोर्डले गोल गरेपनि त्यसपछि लिड्सबाट गोल हुन सकेन । चौथो मिनेटमै अग्रता कायम गरेको लिड्सका लागि फिलिप्स्ले दिएको पासलाई बामफोर्डले गोलमा परिणत गरेका थिए ।

तर खेलको २७औं मिनेटमै चेल्सीका जिरौडले गोल फर्काएपछि खेलमा एक एक गोलको बराबरीमा पुग्यो । जेम्सको पासमा जिरौडले गोल गरेका हुन् ।

यसैगरी खेलको ६१औं मिनेटमा माउण्टको पासमा जौमाले गोल गरी टिमलाई दुई एकको अग्रतामा ल्याए ।

त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा वार्नरको सहयोगमा पुलिसिकले गोल गरेपछि चेल्सी तीन एक गोल अन्तरले विजयी भएको हो ।