आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

रमेश विकलको पूर्णकदको शालिक अनावरण

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार ०६:५० मा प्रकाशित (३ साल अघि) १४११ पाठक संख्या

काठमाडौँ, कार्तिक २९ । वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको  शालिकको शनिवारअनावरण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमख सन्तोष चालिसेले विकलको ९२ औं जयन्तीको अवसरमा उनको पूर्ण कदको शालिकको अनावरण गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैया आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेल  द्धारा निर्मित शालिक गोकर्णेश्वर–९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ ।शालिक अनावरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकालेउदाहरणीय कामहरु गरिरहेको जानकारी दिए । आगामी दिनमा पनि नगरपालिका भित्र रहेका साहित्यिक संघ संस्थाहरुकोसुदृढिकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता नगरप्रमुख चालिसेले  व्यक्त  गरेका थिए  ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्तिनेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल लगायतका वक्ताहरुले नगरपालिकाले साहित्य लगायतका विविध क्षेत्रमा गरिरहेको काम बारे प्रकाश  पारेका थिए । रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममाप्रतिष्ठानका उपाध्यक्ष के.के कर्माचार्य, स्रष्टाहरु डाक्टर विदुर चालिसे,शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याल लगायतले नेपालीसाहित्यमा विकलको योगदानका बारेमा चर्चा  गरेका  थिए  ।

प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्य सँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चीरस्थायी बनाउनप्रतिष्ठान स्थापना गरिएको बताएका थिए  । सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविताप्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो  ।

प्रतियोगितामा क्रमश बिभुति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो,दोस्रो र तेस्रो भएका थिए । यसअघि आरुबारी चोकमा रहेको चालिसेकोअर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरु सहित स्थानीय बूद्धिजीवी तथा साहित्य प्रेमीहरुले  माल्यार्पण गरेका  थिए ।