आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौं उपत्यकामा एकैदिन ९३४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१३ आश्विन २०७७, मंगलवार १६:४१ मा प्रकाशित (३ साल अघि) ८२८ पाठक संख्या

काठमाडौं,  १३ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १५ सय १३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ३४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १०  हजार  ८ सय  ९१  जनाको पिसीआर परिक्षणमा १५  सय १३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५५  हजार ३  सय   ७१ रहेको छ । काठमाडौं  उपत्यकामा ९३४ थपिएका मध्ये काठमाडौंका ७४७  जना र ललितपुरका ११४ जना र भक्तपुरका ७३  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७६ हजार २ सय ५८ पुगेको छ ।