आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौं उपत्यकामा ८०९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार १८:१९ मा प्रकाशित (३ साल अघि) ३३० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय ३३ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा १ सय ४ जनासहित ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।