आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको सानदार जित

गोकर्णेश्वर खबर६ आश्विन २०७७, मंगलवार ०९:०५ मा प्रकाशित (३ साल अघि) ६३७ पाठक संख्या

काठमाडौं – सोमबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा सिटीले वुल्भसलाई ३–१ गोलले पराजित गरेको हो । उक्त खेलको २० औं मिनेटमा सिटीका केभिन डि ब्रुइनोले गोल गरी टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ३२ औं मिनेटमा सिटीकै फिल फोडेनले गोल गरी अग्रता लोब्बर बनाए । त्यसपछि  खेलको ७८ औँ मिनेटमा वुल्भ्सका राउल जिमिनेजले एक गोल फर्काए ।

त्यसपछि खेलको अन्तिम समयमा सिटीका  ग्याब्रियल जिसुसले गोल गरि टिमलाई जित दिलाए । जितसँगै सिटीले पहिलो खेलबाट तीन अंक जोडेको छ भने वुल्भ्स दुई खेलबाट तीन अंक जोडेको छ ।