आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लोक दोहोरी गायिका सविता परियारको आवाजमा दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक’ (हेर्नुस् भिडियो)

गोकर्णेश्वर खबर४ आश्विन २०७७, आईतवार ०९:२५ मा प्रकाशित (३ साल अघि) ७०५ पाठक संख्या

लोकदोहोरी गायिका सविता परियार र गायक विमल परियारको  आवाजमा रहेको दशैँ गीत ‘गाँवै रमाइलो’ सार्वजनिक भएको छ ।

गीतको शब्दमा आफू विदेशमा भएपनि दशैँ, तिहार आएको समयमा आफ्नो देश र गाउँ नै प्राकृतिका सुन्दरताको झल्कोले रमाइलो भएको जस्ता विषयलाई उठान गरिएको छ ।

सर्जक शिव हमालको लय शब्दमा रहेको गितमा  सुनील परियारको संगीत संयोजन रहेको छ । सर्जक हमालकै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोलाई बिक्रम चौहानले निर्देशन गर्नुका साथै राजेश घिमिरेको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।

गितको म्युजिक भिडियोमा  सर्जक शिव हमाल, कृष्ण रेउले, रमेश बाबु थापा, अर्जुन खड्का, मोडल रिना थापा, रितु तामाङ, अस्मीता राना, अर्चना काउचा, निशा मगर, सञ्जिता राना, कमल–नारायणी, प्रियंका नेपाली, रबिन ठकुरी, विमला गुरुङ, शरद एलजी, हरि घिमिरे, रमेश खाँण, सुमित्रा खाँण, अकवर खाँण र राजकुमार अधिकारी लगायत धेरै कलाकारहरुले अभिनय गरेका छन् ।

हेर्नुहोस् गितको म्युजिक भिडियो :