आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

काठमाडौंका कोरोना संक्रमित पुरुषको पाटन अस्पतालमा मृत्यु

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार ११:४१ मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।