आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आज दिनभर ललितपुरमा कर्फ्यू

गोकर्णेश्वर खबर१९ भाद्र २०७७, शुक्रबार ०६:४३ मा प्रकाशित (३ साल अघि) २०८ पाठक संख्या

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्र भित्र कफ्र्यु आदेश जारी गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।

स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।

निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

शान्तिसुरक्षा र चमनचयन कायम राख्न कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।