आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ?

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार २३:०७ मा प्रकाशित (३ साल अघि) २५२ पाठक संख्या

मुम्बई – कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा बलिउड ४ महिना ठप्प भयो । अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ ।

हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो । यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ ।

यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका लागि सैफ अली खानलाई प्रस्ताव गरिएको छ ।

सैफले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि सैफले फिल्म ‘तान्हाजी’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मबाट उनले खुबै तारिफ पाएका थिए ।

‘आदिपुरष’ मा प्रभाससँगै दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ । यो फिल्म तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने फिल्मलाई थ्रीडीमा समेत निर्माण गरिनेछ ।