आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गायक निशान भट्टराईले प्रेमिकासँग गरे कानुनी बिहे

गोकर्णेश्वर खबर२७ श्रावण २०७७, मंगलवार १९:४६ मा प्रकाशित (३ साल अघि) १८५ पाठक संख्या

काठमाडौं – नेपाल आइडलबाट चर्चामा आएका गायक निशान भट्टराईले कानुनी विवाह गरेका छन् ।

उनले मंगलवार धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । यी दुईले आफ्नो दुई वर्ष लामो प्रेमसम्बन्धलाई कानुनी बिहेको मान्यता दिएका हुन् ।

पछिल्लो समय निशानले गाएका गीतहरु लोकप्रिय भइरहेका छन् । उनले फिल्मका गीतमा पनि स्वर दिएका छन् ।

राम्रो फ्यान कमाएका निशानले स्वर दिएको गीत ‘के माया लाग्छ र’ पछिल्लो समय लोकप्रिय बनेको छ । यो गीतमा निशानसँगै गायिका एलिना चौहानको पनि स्वर सुन्न सकिन्छ ।