आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

गोकर्णेश्वर महादेव मन्दिर साउन महिनाको अन्तिम सोमबार बन्द (तस्वीर सहित )

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार १६:५२ मा प्रकाशित (३ साल अघि) ४१२ पाठक संख्या

कोरोना प्रकोपका कारण गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ।

साउन महिनाको सोमवार महादेवको मन्दिरमा भक्तजनहरुको भिडभाड हुने भएकोले सोमवार बिहानै देखि सो क्षेत्रमा जनप्रतिनिधि ,सुरक्षाकर्मी र गोकर्णेश्वर -४ को विपद व्यवस्थापन समिति परिचालन गरिएको थियो।

कोरोनाको प्रकोप र संक्रमितहरुको शंख्या बढिरहेको अवस्थामा पनि हेलचेक्राइ गर्दै धेरै मानिसहरु मन्दिर आउने क्रम रहदा जोखिम बढेको भन्दै मन्दिर क्षेत्रमा प्रवेस रोकिएको हो।

साउन २६ गते सोमवार बिहानै गोकर्णेश्वर महादेव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरु मन्दिर बन्द भए संगै बाहिर बाट दर्शन गरेर फर्किएका थिए।