आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

भदौ १५ गतेसम्म विद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार ०७:२० मा प्रकाशित (३ साल अघि) ३२३ पाठक संख्या

काठमाडौं, २६ साउन । देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।

यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । यस्तै कोरोना संक्रमणको उच्च जोखिम देखिएकाले लामो दूरीका बस सञ्चालन गर्न नसकिने भन्दै भदौ १५ गतेसम्म संचालन नगर्न सिफारिस गरिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।