आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

‘केजीएफ २’ को नयाँ पोस्टरमा सञ्जयको दमदार लूक

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १८:०१ मा प्रकाशित (३ साल अघि) २११ पाठक संख्या

नयाँ दिल्ली – ‘केजीएफ’ को अपार सफलतापछि फिल्मको दोस्रो च्याप्टर प्रतीक्षित बनेको छ । फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानको पर्खाइ हुने नै भयो ।

फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् । आज सञ्जयको जन्मदिनमा ‘केजीएफ’ टिमले सञ्जयलाई प्रस्तुत गरिएको फिल्मको लूक सार्वजनिक गरेको छ ।
सञ्जयले ट्वीट गरेर आफ्नो अधिरा लूक सार्वजनिक गरेका छन् ।

सञ्जयले ट्वीट गर्दै लेखेका छन् – यो फिल्ममा काम गर्नु मेरो लागि खुशीको कुरा हो, योभन्दा उत्कृष्ट जन्मदिनको गिफ्ट अरु हुन सक्दैनथ्यो ।

पोस्टरमा सञ्जय दत्तको कपालको स्टाइलदेखि अनुहारमा बनाइएको ट्याटु देख्न सकिन्छ । जसले दर्शकको थप ध्यान खिच्न सफल भएको छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफ’ ले नेपालमा समेत ५१ औं दिन मनाएको थियो । बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

फिल्ममा शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन् । यो फिल्मपछि यशको पनि माग बढिरहेको छ ।