आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

पासपोर्ट बनाउन नयाँ नियम, राष्ट्रिय परिचयपत्र अनिवार्य

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार ०८:०२ मा प्रकाशित (३ साल अघि) ९०८ पाठक संख्या

काठमाडौं । आगामी आर्थिक वर्षदेखि राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । त्यसकै विवरणका आधारमा पासपोर्ट जारी हुनेछ ।

सरकारले गत २९ असारमा राहदानी नियमावली जारी गरेर यस्तो व्यवस्था गरेको हो । मन्त्रिपरिषद्बाट पारित नियमावली राजपत्रमा प्रकाशनका लागि अहिले मुद्रण विभाग छ ।

गत वर्ष नयाँ राहदारी ऐन जारी भएपछि त्यहीअनुसार नयाँ नियमावली बनाइएको हो ।

आगामी आर्थिक वर्षदेखि विद्युतीय पासपोर्ट (इ–पासपोर्ट) वितरण सुरु भएपछि यो व्यवस्था कार्यान्वयनमा लगिने राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले बताए ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बायोमेट्रिक प्रविधिको राष्ट्रिय परिचयपत्र वितरणको काम गरिरहेको छ । हालसम्म करिब एक लाख राष्ट्रिय परिचयपत्र वितरण भइसकेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।