आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

एकपटक मास्क नलगाउँदा यी नायीकालाई देखियो कोरोनाको लक्षण

गोकर्णेश्वर खबर९ श्रावण २०७७, शुक्रबार १४:५२ मा प्रकाशित (३ साल अघि) ३३५ पाठक संख्या

न्यूयोर्क – हलिउड अभिनेत्री अन्ना क्याम्प कोरोना भाइरसको लक्षण देखिएको बताएकी छिन् । उनले घरबाट बाहिर निस्किँदा केवल एकपटक मास्क नलगाउँदा कोरोना संक्रमित भएको महसुस गरेको बताएकी छिन् ।

अन्नाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक लामो पोस्ट शेयर गर्दै आफू कोरोनाको लक्षणहरू देखिएको बताएकी छिन् । उनले एकपटक मास्क नलगाई घरबाहिर गएको पनि बताएकी छिन् ।

‘एकपटक म विनामास्क सार्वजनिक स्थलमा गएकी थिएँ, शायद त्यही बेला मलाई कोरोना भयो ।’

कोरोना परीक्षण गराउँदा भने नेगेटिभ देखिए पनि पछिल्लो ३ हप्तायता आफूलाई असहज महसुस भएको उनले बताइन् । उनले फ्यानलाई मास्क लगाउन र सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेकी छिन् ।

अन्नाले सुँघ्ने र स्वाद थाहा पाउने शक्ति कम भएको महसुस गरेको बताएकी छिन् । उनले कोरोना संक्रमणपछि ३० प्रतिशत मात्र सुँघेर थाहा पाएको उल्लेख गरेकी छिन् ।