आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

शंखरापुर को क्वारेन्टिनमा ३ दिन देखि बिजुली बत्ति छैन

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार २०:१४ मा प्रकाशित (३ साल अघि) ७२४ पाठक संख्या

लावण्य- साँखु । शंखरापुर नगरपालिकाले ३ दिनदेखि बिजुली वत्तिको अभाव देखिएकोछ ।

त्यहाँ अहिले विदेशबाट आएका ५ जना तर काठमाडौँ उपत्यका बाहिरबाट आएका ५ जना गरी १० जना क्वारेन्टिनमा रहेका छन् । उनीहरु सबै जनाले सुरुका दिनमा खासै अप्ठेरो नलागेको र खाने बस्ने विषयमा केही गुनासो नरहेको भन्दै तर ३ दिनदेखि बिजुली बत्ति बिगे्रर बनेको छैन । जति ताकेता गर्दा पनि बिजुली बत्ति नबल्दा दिक्क लाग्न थालेको उनीहरुको भनाई रहेको छ ।

साथै उनीहरुले विदेशबाट आएका पाँचैजनालाई पिसिआर परीक्षण गरिनुपनै माग गरेका छन् । हामी विभिन्न ठाउँबाट आएका छौँ यहाँ एकै ठाउँमा बसेका छौँ । अब घर जानलाई पिसिआर परीक्षण गराएर जान पाए ढुक्क साथ परिवारका अन्य सदस्यहरुसँग घुलमिल गर्न सकिने कथन उनीहरुको छ ।

हामीले सोधेको थियौँ सरकारको नीति नै अहिले १४ दिन पछि क्वारेन्टीनबाट घर पठाउँदा आवश्यक रहेकाहरुलाई मात्र परीक्षण गरिने बाँकीलाई त्यत्तिकै घर पठाउने नीति सरकारले ल्याएको बताउँदा उनीहरु विदेशबाट आएको र पाँच जना पाँचै मुलुकबाट आएको हुँदा पिसिआर परीक्षण गरि जान पाए सजिलो हुने बताउँदै आवश्यक परे यसको लागि केही रकम आफूहरु तिर्न समेत तयार रहेको उनीहरुको भनाई रहेको थियो । हामीले नाम प्रकाशित गर्दा के हुन्छ भनेर सोध्दा उहाँको कथन थियो । १४ दिन कटेको छैन म आफू आएको त ९ दिन मात्रै भएको हुँदा १४ दिन कटोस् तब भने आफू सार्वजनिकरुपमा बहस गर्न तयार रहेको बताउनुभएको थियो ।

उनीहरु अहिले तत्काल समस्याको रुपमा रहेको बिजुली बत्तिको समस्या हल गरिनुपर्ने र सबैको पिसिआर परीक्षण गरिनुपर्नेै अडानमा रहेका छन् ।