आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

नेमकिपाको अध्यक्षमा पुन: एकपटक नारायणमान विजुक्छे नै

गोकर्णेश्वर खबर७ आश्विन २०७६, मंगलवार १०:१२ मा प्रकाशित (४ साल अघि) २४४ पाठक संख्या

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्छेलाई पुन: एकपटक पार्टीको अध्यक्ष पदमा चयन गरेको छ ।

नेमकिपाको भर्खरै सम्पन्न महाधिवेशनले नारायणमान बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चुनि उहाँकै अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । सो समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा दोहोरिएका छन् ।

सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही,उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीले पनि निरन्तरता पाएका छन् । महाधिवेशनले प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा ल्याईएको छ । समितिमा नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि चुनिएका छन् ।

पार्टी महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्य बनाएको छ